सिलिण्डर पड्केर आगलागी हुँदा तीन जनाको मृत्यु

काठमाडौँ, ६ असोज । बूढानीलकण्ठ नगरपालिका–१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको जनाइएको छ । घरको माथिल्लो तलामा रहेकाको भने उद्धार गरिएको छ । राम मन्दिरनजिकै रहेको ट्रेकिङ एजेन्सी कार्यालयमा रहेको अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको बताइएको छ । आगलागीमा…