सिटी सफारीको ठक्करबाट बृद्धको मृत्यु

सुनसरी, ५ असोज । सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदल यात्री बृद्ध इटहरी ५का ८२ वर्षीय उमाकान्त भण्डारीको मृत्यु भएको हो । हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो…