काठमाडौँ, २० असोज । रातभर बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि सञ्चालनमा रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको हो । हाल सडकखण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । तर, सो क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह…