गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कपिलवस्तु, २२ भदौ । कपिलबस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारामा गाईसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार उनकी ४८ वर्षीया भाउजू राधा घाइते भएकी छन् । भट्टराईले चलाएको लु २९ प ४०४२ नम्बरको मोटरसाइकल मंगलबार…