दाङ, २४ असार । दाङको देउखुरीमा राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गढवाका अनुसार बाढीले बगाउँदा राप्ती गाउँपालिका-४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको मृत्यु भएको हो । हिजाे हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका-१ जेठान गाउँ जाने क्रममा चाैधरीलाई नदीले बगाएकाे थियाे। चौधरीलाई नदीले बगाएर देउखुरीको…