मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

लमजुङ, १४ असोज । राइनास नगरपालिका–३, नौबिसे नजिक पाउँदी–बोराङखोला सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा राइनास ३, टिमुरे निवासी २३ वर्षीय समिर ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठकुरीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका क्रममा धमिलीकुवास्थित सहोदर अस्पतालमा मृत भएको थियो । प्रहरीका अनुसार सोमबार राति टिमुरेबाट सातबिसेतर्फ…