यात्रुबाहक बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

काठमाडौँ, १६ साउन । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ । प्रहरीका अनुसार बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा…