चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा हतियार बुक

काठमाडौँ, २७ असार । नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ। इटालीको बेरेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो। सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगो हुने भन्दै बेइँटाबाट ल्याउन लागिएको हो। बेरेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक…