विमान दुर्घटनामा मृत्यु हुनेको शव पोष्टमार्टम गर्न काठमाडौँ ल्याइने

काठमाडौँ, १६ जेठ । मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ । आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटना भएको ठाउँमा १४ जनाको शव भेटिएको बताइएको छ । दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको छ ।…