काठमाडौँ, १६ साउन । पाँचथरमा श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका–७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । फिदिम नगरपालिका–१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएकी थिइन् । त्यसलगत्तै…