७७ प्रतिशत हवाई दुर्घटना पहाडमा ठोक्किएर

काठमाडौँ, ३० जेठ । नेपालमा ७७ प्रतिशत हवाई दुर्घटनाको मृत्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इनटु टेरेन) बाट हुने गरेको अध्ययनले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको हवाई अवस्थाको अध्ययन गर्न गठित छानबिन समितिले मृत्युदरका तीन कारणमध्ये विमान बादलभित्र छिरेर पहाडमा ठोक्किएर हुने सबै भन्दा बढी…