सनकले सिर्जना गरेको आठघण्टे तनाव

काठमाडौँ, २९ जेठ । गायक नारायण गोपालको कालजयी गीत ‘एउटा मान्छेको मायाले…’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा-यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो । विकको अस्वाभाविक कार्यले स्थानीय मात्र होइन, नेपाल विद्युत् प्राधिकरणका अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीदेखि सबै सुरक्षा निकायका अधिकारीलाई…