अर्थ

उत्कृष्ट लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार



काठमाडौँ, २८ जेठ । नेपाल निर्माण व्यवसायी महासंघले लोगो डिजाइन गर्नेलाई पुरस्कारको घोषणा गरेको छ ।

महासंघले फेडेरेसन अफ एसियन एन्ड वेस्टर्न प्यासेफिक कन्ट्रयाक्टरर्स एसोसिएसन (आईएफएडब्लूपीसीए)को उत्कृष्ट लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको हो ।

आईएफएडब्लूपीसीएको ४६औं सम्मेलन महासंघको आयोजनामा नेपालमा हुने र उक्त सम्मेलनका लागि आवश्यक पर्ने लोगो प्रतिस्पर्धाबाट डिजाइन गर्ने जनाइएको छ ।

इच्छुक व्यक्तिले ३५ दिनभित्र महासंघमा आफ्नो प्रस्ताव पेस गर्न आग्रह गरिएको छ । “लोगो छनोटमा उत्कृष्ट हुनेलाई महासंघको तर्फबाट प्रथम पुरस्कार रु. एक लाख र सान्तवना पुरस्कारको समेत व्यवस्था गरिएको छ,” महासंघले एक सूचना जारी गर्दै भनेको छ ।