काठमाडौँ, ७ वैशाख । राष्ट्रिय महिला आयोगको समन्वयमा करिब एक महिनादेखि अलपत्र विरामी अस्मिता लामा चौधरीको उपचारको प्रक्रिया अगाडि बढ्ने भएको छ । श्रीमान प्रविण चौधरीले चैत ११ गते राती तारपिनको तेल खन्याई आगो सल्काएर घाइते हुनुभएकी चौधरीलाई प्रहरीको समन्वयमा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । बुढानिलकण्ठ नगरपालिका बालुवाखानी १० आकासेधारा कपनमा…