मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय डकाहाका अनुसार मोटरसाइकलमा पछाडि सवार स्थानीय ६० बर्सिया आइतमाया सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको हो । मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तीन जना…