अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, ८ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरालाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो । मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको…