धनुषा, ४ असोज । सशस्त्र प्रहरीले विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा शुक्रबार सो गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा…