रौतहट, ३० चैत । रौतहटबाट ३ लाख घूससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुरलाई पक्राउ गरेको हो । करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले पक्राउ गरेको…