१० किलो गाँजासहित तीन भारतीय पक्राउ

जनकपुरधाम, १८ फागुन । लागूऔषध गाँजासहित तीनजना भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलगंवा नगरपालिका-८ मा नेपालबाट भारततर्फ जाँदै गरेको ना.२ ह १५६७ नम्बरको टेम्पोबाट १० किलो गाँजासहित भारतको बिहार सितामढी जिल्ला राजा प्रसोनी ग्राम पञ्चायत-१ बस्‍ने २३ वर्षीय साकिर, सोही ठाउँका वडा नम्बर ९ बस्ने ३५ वर्षीय…