रौतहट, १० बैशाख । रौतहटको उत्तर पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका अनुसार नगरपालिकाको वडा ११ का स्थानीय २५ वर्षका प्रदीप चौधरीको चट्याङ लागेर मृत्यु भएको हो । गएराती चौधरी केही साथीहरूको साथमा बजारबाट घरतर्फ गइरहेको बेला हावाहुरीसँगै चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए…