आजदेखि लागु हुने गरी बढ्यो अन्डाको भाउ

काठमाडौँ, ६ साउन । १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो । २८ असारमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट १५ रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय २५ रुपैयाँ पुगेको छ…