अज्ञात समूहद्वारा एम्बुलेन्समा आगजनी

काठमाडौँ, ४ फागुन । अज्ञात समूहले गुल्मीको मुसिकोटमा एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका-४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए । वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए…