काभ्रेपलान्चोक, ३ साउन । काभ्रेपलान्चोकमा बस दुर्घटना भएको छ । शनिबार काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा २३ जना घाइते भएकाे काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । अधिकांश घाइते काभ्रेपलान्चोक र रामेछापका रहेका छन् । काभ्रेपलान्चोकका १२, रामेछापका १० र गोरखाका एक जना घाइते…