बलात्कार आरोपमा ५२ वर्षीय व्यक्ति पक्राउ

काठमाडौँ, ३ साउन । पाल्पामा महिलाको बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गएराति रामपुर नगरपालिका–७ का ५२ वर्षीय खुमबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो । २३ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । खुमबहादुरले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।