काठमाडौँ, २२ पौष । काठमाडौँमा आउँदो सातादेखि विद्यालयबाट कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी गरिएको छ । यसअघि, खोपका लागि प्रयोग हुने सिरिन्ज अभावका कारण रोकिएको फाइजर खोप कार्यक्रम आउँदो सातादेखि सञ्चालन गर्ने तयारी गरिएको हो । काठमाडौँमा मात्रै फाइजर खोप लिने १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या दुई लाख ५० हजार आकलन गरिएको छ…