काठमाडौँ, ३२ असार । रामेछापको मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रूपमा बेसार खेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसार खेती सुरु गरेका हुन् । बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो रु ३००…