किमाथाङ्का, ७ पौष । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मङ्गलवार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको हो । प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार विष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो । यस्तै मङ्गलवार खाँदबारी नगरपालिका–११ मा…