बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ, १६ मंसिर । बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान भोलि बिहान शतबीज छर्ने गरिन्छ । यसको तयारीका लागि बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाड बढेको हो । आज रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन भोलि बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा…