हतियारसहित तीन जना पक्राउ

काठमाडौँ, ३१ असार । कैलालीमा हातहतियारसहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भजनी नगरपालिका-९ आमबाडीबाट हातहतियार, गोलीगठ्ठा र जंगली जनावरका अंगसहित तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भजनी नगरपालिका–९ का ५० वर्षीय दिलीप कार्की, उनका २२ वर्षीय छोरा विकास कार्की र सोही वडाका ३० वर्षीय सुरेश विक रहेका छन् । उनीहरूलाई पक्राउ…