काठमाडौँ, १९ पौष । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले फोक्सोमा धेरै हानी नगर्ने बताइएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको छ भने घाँटीमा बढी असर देखिने गरेको बताइएको छ । युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती अखबार द गार्जियनले…