तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

काठमाडौँ, ३१ असार । दार्चुलाको महाकाली नदीमा तुइन चुँडिदा खसेर एकजना बेपत्ता भएका छन् । व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदिमा बेपत्ता भएका हुन् । नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५…