काठमाडौँ, २० पौष । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । “खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको…