काठमाडौँ, २२ कार्तिक । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्ररैले जनाएको छ । प्रहरीका अनुसार हिजो बेलुका बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पिपलको रुखमा ठोक्किएर पल्टिँदा चालक गोकर्णेश्वर-८ का स्वछन्द पुडासैनीको ज्यामृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।