कञ्चनपुर, २८ असार । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको हालसम्म औलोबाट जिल्लामा ५६ जना सङ्क्रमित भएका छन् । भारत र अफ्रिकन मुलुकबाट फर्केका व्यक्तिहरूमा औलोको सङ्क्रमण उच्च रहेको पाइएको…