हैजाको प्रकोप बढ्दो

काठमाडौँ, १२ भदौ । मधेश प्रदेशमा हैजाको प्रकोप फैलिरहेको छ । गएको २४ घण्टामा ११५ जना नयाँ सङ्क्रमित थपिएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रकोप सुरु भएदेखि  सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २ सय ५७ जना व्यक्ति पूर्ण रूपमा निको…