काठमाडौँ, २७ साउन । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा मास्क नलगाउने व्यक्ति प्रवेश गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय अनुसार सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार देहाय मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्नुपर्ने साथै कुल स्वीकृति सिट क्षमताभन्दा…