तनहुँ, ३ असोज । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो । प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको प्रतिवेदन र प्रयोगशालाबाट प्राप्त २० नमूनाको नतिजा प्रमाणीकरणका आधारमा प्रयोगशालाको मापदण्ड पुगेकाले पीसीआर परीक्षण गर्न अनुमति प्रदान गरिएको निमित्त निर्देशक…