काठमाडौँ, ७ भदौ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ…