भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिका–५ बाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भेलुखेलस्थित सुजित देउलाको ‘एनएस स्नुकर पुल हाउस’ मा जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पुल हाउस सञ्चालक देउला, भक्तपुर–७ बस्ने उत्तम देउला, सुनिल देउला, पूर्ण भगत र शंकर पौडेलसहित १०…