बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौँ, २३ साउन । बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो । दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।