प्रजिअको नक्कली फेसबुक बनाई रकम माग

कञ्चनपुर, १२ असार । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आईडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बिर राखेर नक्कली फेसबुक आईडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । “नक्कली आईडी बनाएर धेरैजनासँग रकम माग गरेको पाइएको छ,” प्रजिअ महतोले भने, “पैसा माग गरेको…