सशस्त्र प्रहरीमा बेथिति, आईजीपीका दाबेदार नै डिआईजीमै घर जाँदै

काठमाडौँ, ६ असार । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) कोषराज वन्तको पालामा असार २०७२ मा सशस्त्र प्रहरी नियमावली २०७२ आयो । त्यसबेला आईजीपी वन्तको सचिवालयका हर्ताकर्ता थिए, तत्कालीन नायव महानिरीक्षक (डीआईजी) पुष्पराम केसी । केसीसहितको सल्लाहमा अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार जोड एक गरेर यसअघिको नियमावली संशोधन गरियो । योभन्दा अघि एआईजी र डीआईजीको…