काठमाडौँ, ४ असार । यही जेठ २८ गते नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज विहान देशभर आंसिक देखि सामान्य बदली भएको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।…