मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर, २५ असार । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटो साझा पेट्रोलपम्पअगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा, चैनपुर घर भई हाल सिन्धुपाल्चोक, बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको…