८ जना जुवाडे पक्राउ

सुर्खेत, १२ साउन ।  सुर्खेतमा एक होटल सञ्चालनसहित आठ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार साँझ राजधानी वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट जुवा खेलिरहेको अबस्थामा दैलेखको चामुण्डाका बर्ष ३० किरण विष्ट,  वीरेन्द्रनगर–६ रातोपुल बस्ने वर्ष २२ का  बखत शाही,  दैलेखको डुङ्गेश्वर गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–४…