जो पनि डाक्टर !

काठमाडौँ, ११ साउन । चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ । बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ । तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ । मेडिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए । उनी भनिरहेका थिए– ‘छाती हल्का खराब छ, यो एन्टिबायोटिक…