४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

काठमाडौँ, २० असार । साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले विद्युतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल बोलपत्र आह्वान गरेको  थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ । साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा  विद्युतीय बस ल्याउन लागेको हो…