धनगढी, १ असार । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोग लागेपछि फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गत जेठ २७ गते वेदकोट नगरपालिका-५ की किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप लागेका भीमदत्त नगरपालिका-५ का २० वर्षीय सिप्पु खुनालाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको…