वीरगञ्ज, २९ फागुन । वीरगञ्जबाट प्रहरीले अवैध लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चोकस्थित सडकमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा प्रहरीले चेकजाँच गर्दा जिल्ला दोलखा झुले गाउँपालिका- २ घर भई चितवन टाँडी नगरपालिका- २ बस्ने २० वर्षीय सुरज कार्की र मकवानपुर हटौडा उपमहानगरपालिका- ३ बस्ने ३५ वर्षीय विकाश लामालाई पक्राउ गरेको हो…