अक्सिजनयुक्त बेड नपाउँदा एक कोरोना संक्रमितको मृत्यु

बुटवल, १५ बैशाख । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै मृत्यु भएको छ । देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा…